|
पाप
पाप छोटो तर गहिरो अर्थ लुकेको शब्द। मान्छे आफुले जान्न थालेदेखि नै यस शब्दसँग परिचित हुन्छ। एउटा बच्चाले आमाको काखबाट तोतेबोलि शुरु गरेदेखि नै पापको ब्याख्या सिक्न थालेको हुन्छ। झुठो बोल्नु पाप हो, चोर्नु पाप हो, लोभ गर्नु पाप हो आदि। तर जब उसको दिमाग विकसित हुदै जान्छ, आमाको काखबाट बाहिर निस्केर आफु हिड्न सक्छ तब यी सबै परिभाषा वा ब्याख्या भुल्न पुग्छ अनि उसको प्रतिप्रश्न हुन्छ मैले के पाप गरेको छु र?
।। विश्वासीले घुस लिन मिल्छ त?
बाइबल कलेजका एक विधार्थीले एकदिन मलाई प्रश्न गरे, "के विश्वासीले घुस दिन वा घुस लिन मिल्छ ?" उनको प्रश्नले म स्तब्ध भएँ । कारण मण्डलीको अगुवा र बाइबल कलेजको शिक्षक भएको नाताले यो प्रश्नको जवाफ मसंग हुनु आवश्यक थियो । वास्तवमा केहीवर्षअघिमात्र त्यस विधार्थीको मण्डलीका एक विश्वासीले धेरै रकम गल्लावाललाई घुस दिएर आफनो छोरालाई ब्रिटीस आर्मीमा भर्ति गराएका थिए । अर्का परिवारले छोराको उमेर ढाँटेर नागरिकता बनाई सेनामा भर्ती गराएका थिए भने अर्का एक परिवारले उनिहरुको छोराले एस.एल.सी. पास नै नगरी पैसा खर्च गरेर भारतबाट र्सर्टिफिकेट ल्याएर जागिर लगाए
।
।। परमेश्वरले प्रल्हाद थापालाई नयाँ जीवन दिनु भयो ।।
परिवारका सदस्यहरुको आशा सबै मरिसकेको थियो । अब अन्तिम क्षण हिन्दु विधि अनुसार किरिया गर्नु बाँकी थियो। त्यसैले दुवै जना छोराहरुले हस्पिटलबाट आफ्नो वावुको अन्तिम सास आफ्नै घरमा जावोस भन्ने चाहना राखि स्टेचर सहित घरतिर लगे । साथमा डाक्टर र नर्स पनि घरसम्म छाड्न गए अब जम्मा ३ घण्टा समय थियो। आफ्नो घरको मुलि जन्म दिएर हुर्काउने आफ्नो प्रिय पिता अब ३ घण्टा पछि सबैलाई छाडेर जाने निश्चित थियो त्यसैले दुवै छोराहरु मनमा ढुङ्गा राखेर पनि अन्तिम तयारीमा जुटे।
।। धर्मनिरपेक्ष र केही अनुत्तरित प्रश्नहरू ।। - शेर ए. सी.
"धर्मनिरपेक्ष कि धार्मिक स्वतन्त्रता" शिर्षक दिई गताङ्कमा नै यस विषयमा विशेष चर्चा गरिसकिएको छ र यो लेख पनि त्यसैको निरन्तरता हो । साथै यहाँ अभिव्यक्त हुने सम्पूर्ण विचारहरू पनि धर्मनिरपेक्षकै सेरोफेरोमा केन्द्रित रहनेछन् ।
गत जेठ ३ गते गरिएको "प्रतिनिधि-सभा घोषणा २०६३" मा प्रस्तुत नेपाल धर्मनिरपेक्ष राज्य" हुनेछ भन्ने वाक्यांशले त्यसपछि स्वतः हाम्रो देश धार्मिक रूपले निरपेक्ष भयो भन्ने कुरा हामी सबैलाई अवगत भयो र हामी एकप्रकारले खुसी पनि भयौँ । उक्त धर्मनिरपेक्षभित्र विशेष तीनवटा कुराहरू हुन सक्छन् भनी यस अघि नै केही चर्चा गरिसकिएको हुनाले यस लेखलाई पनि त्यतैतिर केन्द्रित गर्न चाहन्छु । ती तीन बुँदाहरु यस प्रकार छन् ।
।। धर्मनिरपेक्ष कि धार्मिक स्वतन्त्रता ।। - शेर ए. सी.
नेपालमा लोकतन्त्र आएको सुरुका दिनहरूमा सरकार अर्थात प्रतिनिधि-सभाले विभिन्न नयाँ र उत्साहजनक घोषणाहरू एकपछि अर्को गरी गर्न थाल्यो, जुन नेपाली जनताका पक्षमा गरिएका उल्लेखनीय कदमहरू थिए । त्यतिबेला त्यसरी गरिएका ती घोषणाहरू के कति लागु गरिए र त्यसबाट के कति मानिसहरू लाभान्वित बने त्यसको लेखाजोखा हुनै बाँकी छ तर प्रतिनिधि-सभाले नेपाली जनताका पक्षमा जुन घोषणा गर्यो त्यो आफैँमा एउटा उल्लेखनीय कार्य हो र त्यसले भोलिका दिनहरूमा नेपालको इतिहासमा ठूलो स्थान पाउनेछ र त्यसको उचित कदर पनि गरिनेछ भन्ने मेरो मान्यता छ ।
।। यो बाटो कहाँ पुग्छ ? ।। - आर.पि. क्षितिज
चैतको चर्को घामको पोलाइलाई पसिनामा परिणत गरेर एउटा बटुवा कुनै अपरिचित दोबाटोमा गएर अल्मलिन्छ । असमञ्जस्यता, अन्योलता अनि अनभिज्ञता । दोधारमा अल्मलिएर टोलाउदा टोलाउँदै समय धेरै बित्न सक्छ अनि दिन अझै छिप्पिन सक्छ । उसलाई डर लाग्छ अनि शंकोचतावश परबाट आउँदै गरेको एउटा अर्को ब्यक्तिलाई सोध्न विवश हुन्छ- यो बाटो कहाँ पुग्छ?
।। नलेखिएको कथा ।। - आर.पि. क्षितिज
मानिसहरु आखिर किन यस्ता हुन्छन् - अरुको कुरा नकाटेर खुद आफ्नो काम गर्नु नि ! तर उनीहरुले ठीकै त भन्दैछन् नि ! म पनि उस्तै ! कमजोरी मेरै त हो नि !
यो कस्तो आर्कषण होला - यो जवानीमा सबैलाई उस्तै हुन्छ कि मलाई मात्रै होला - हो यो सत्य हो । म अरुलाई माया गर्छु मन पराउछु । वस यतिनै त हो नि ! तर यो मेरो प्रेम कस्तो - न म डायरी कोर्न सक्छु न हृदयवाट निकालेर फ्याक्न सक्छु ।
मुक्तिको बाटो ।
हर प्राणीभन्दा उच्च मानिने अनि बेग्लै अस्तित्व भएको प्राणी हो मानिस । हरेक बस्तुको आ -आफनै अस्तित्व अनि नियम हुन्छ जस्तो प्रकितिको छ , त्यस्तै मानिसको पनि । यसैले मानिस जन्मिएर मर्नैपर्छ , यो प्रकृतिको नियम अनि दुनियाको कटु सत्य हो । एउटा क्षणभङ्गुर शरीर लिएर यस धर्तीमा पाहुनाको रुपमा आउने मानवले आफनो स्वार्थको लागि हर कुरालाई ढाँट्न सकेपनि यस कुरालाई ढाँट्न वा नकार्न सक्दैन । संसारमा मानिसले निकै प्रगति गरे । संसारलाई ध्वस्त पार्ने बम बनाए , चील जस्तै आकासमा उडेर जान सक्ने भए । यो उनीहरुको बुद्विको कमाल हो । किनकी मानिसले स्वतन्त्र विचार अनि बुद्वि प्राप्त गरेका छन् जुन बिचित्रको छ ।
|